होलीलाई लक्षित गरी उपत्यकामा ५ सय ४२ ट्राफिक प्रहरी परिचालन



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ सय ४२ ट्राफिक प्रहरी खटाएको छ। बुधबार उपत्यका सहित पहाडी जिल्लाहरूमा होली मनाइदैछ भने तराईका जिल्लामा बिहीबार मनाइदैछ।

बुधबार बिहान ७ बजेदेखि उपत्यकाका ७७ स्थानमा चेकिङ्ग गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त कुमार पन्तले जानकारी दिए। महानगरीय ट्राफिक प्रहरीले यस वर्षको होली पर्वलाई मर्यादित र दुर्घटनारहित बनाउन कडा चेक जाँच गर्ने योजना बनाएको छ।  

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, क्षमता भन्दा बढी यात्रु नराख्न र मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट लगाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्