यस्ताे छ आज सुनकाे मूल्य



काठमाडौं : लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको कारण पछिल्लो एक सातादेखि नेपालमा पनि मूल्य बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्