कान्तिपुर टिभीको कार्यक्रम ‘ह्वाट द फ्ल्प’ बाट हटाइयो मिठाईलाल पात्र



काठमाडौं : कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘ह्वाट द फ्ल्पलाई संशोधन गरिएको छ । अब सो कार्यक्रममा सन्दीप क्षेत्री ‘मिठाइलाल जादव’को भूमिकामा देखिने छैनन् ।

त्यो कार्यक्रमका सञ्चालक सन्दीप क्षेत्रीले मिठाईलाल जादवको चरित्रमा अभिनय गर्दा मधेशी समुदायलाई होच्याउने गरेको गुनासो भइरहेको थियो ।

त्यसैबीचमा असार ११ गते सन्दीप क्षेत्रीले एउटा मधेशी महिलाको चरित्रमा अभिनय गरेर मधेशका महिलालाई होच्याएको गुनासो गर्दै कान्तिपुर टेलिभिजनमाथि प्रेस काउन्सिलमा उजुरी परेको थियो ।

मधेशका एकजना युवा डा. शरदसिंह यादवले सो उजुरी गरेका थिए । प्रेस काउन्सिलले त्यसमा छानविन गर्दै कान्तिपुरलाई पत्र पठाएको थियो ।

अब उप्रान्त भविष्यमा आफ्नो कार्यक्रममा नेपालको संविधान र सञ्चारमाध्यम सम्बन्धि नीति २०६८ मा उल्लेख भए अनुसार कुनैपनि जात, जाति, धर्म, भाषा, रंग, समुदाय इत्यादिमा होच्याउने र टिकाटिप्पणी सम्बन्धी कुनै पनि दृश्य नराख्न सचेत गराइएको पनि काउन्सिललाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्