श्रीहरि दाहाल र सुशीला पाठकको ‘ह्याप्पी होली’



काठमाडौँ  : होलीको उपलक्ष्यमा गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ  ।

यस गीतमा रूपेश बाँस्कोटाको शब्द र सङ्गीत छ । ‘ह्याप्पी होली’ बोलको गीतको म्युजिक भिडियोलाई  समन अधिकारीले निर्देशन गरेका छन् । यसमा प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

टंक केसीले यस गीतलाई छायाङ्कन गरेका हुन् । यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । यस भिडियोमा सुरेन्द्र बसेल र समीक्षा पोखरेलको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्