जो कोहीलाई रकम नदिन बैंकर्स संघको आग्रह



काठमाडौँ : केही समययता अवैधानिक रुपमा वित्तीय गतिविधि बढ्दै गएको भन्दै बैंकर्स संघले सचेत रहन सेवाग्राहीहरूलाई आग्रह गरेको छ । संघले सोमबार सार्वजनिक सूचना निकाल्दै सामाजिक सञ्जालको माध्यमबाट नक्कली खाता खोलेर अवैधानिक वित्तीय गतिविधि भइरहेको जनाएको छ ।

नक्कली खाताा खोली सहयोगको रूपमा पैसा माग्ने क्रियाकलापहरू भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै संघले त्यस किसिमको कसैले गरेको अनुरोधका आधारमा मात्र कुनै पनि व्यक्ति वा कम्पनीको नाममा पैसा रकमान्तरण नगर्न अनुरोध गरेको छ ।

साथै, वित्तीय सुरक्षाका लागि ग्राहकले आफ्नो बैंक खातासम्बन्धी विवरण, पिन नम्बर, मोबाइल वा इन्टरनेट बैंकिङसम्बन्धी विवरणहरू कसैसँग शेयर नगर्नसमेत संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्