बलेसँग ट्वीन्स् गर्ल प्रिज्मा र प्रिन्सी ‘नाचें फिरिरी’



काठमाडौँ : गायक शिव परियारको ‘नाचें फिरिरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

डा. चन्द्र गिरीको शब्द रचना रहेको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन् । उदयराज पौडेलले संगीत संयोजन गरका छन् ।

गम्भीर विष्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ फिचर्ड छन् ।

भिडियोले छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छायांकन भएको छ । विकास ज्ञवालीले भिडियो सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्