सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक



काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरी चार वटा समिति छन् ।
राष्ट्रियसभाका चारवटै समितिका सभापति पदका लागि आउँदो साउन २३ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको हो । सचिवालयद्वारा प्रकाशित कार्यतालिका अनुसार शुक्रबार दिउँसो १ बजे निर्वाचन हुने छ । राष्ट्रियसभाको नियमावलीबमोजिम सभापति र समिति सदस्यहरूको पदावधि २ वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया सुरु भएको गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्