फेरी जोर-विजोर लागू गर्न प्रस्ताव



काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै निजी तथा सार्वजनिक सवारी साधानहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा प्रस्ताव गरेको हो । मन्त्रालयको उक्त प्रस्ताव समितिमा विचाराधीन छ ।

मन्त्रालयको यस प्रस्तावबारे पछिल्लो बैठकमा छलफल भएको थियो भने यसबारे कुनै निर्णय भने नभएको बताइएको छ ।सीसीएमसीले निर्णय

गरेर मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउने एक अधिकारीले बताए ।

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

तर लकडाउन खुला भएसँगै देशका अन्य जिल्लाहरु सहित काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्य मन्त्रा

लयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८ सय २७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।

अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्