सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग



सुखडः कैलालीको घोडाघोडी नगरपालिकाले गौरीगंगा नगरपालिका ८ बडैपुरमा रहेको कालीरक्षा गण सर्पदंश उपचार केन्द्रमा सोमबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो । नगरपालिकाले नेपाली सेनाको मातहत बडैपुरमा रहेको कालीरक्षा गण सर्पदंश उपचार केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले महासेनानी प्रदिप थापालाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् । सर्पदंश उपचार केन्द्रमा पिपिई सेट, एन ढछ माक्स, सर्जिकल माक्स, डिजिटल थर्मामिटर ,ग्लोब्स गरि करिब ४० हजार बराबरको स्वास्थ सामाग्री सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्