काठमाडौं उपत्यकामा ५१ जना संक्रमित थपिए



काठमाडौंः नयाँ कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज (सोमबार)को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्