नेपालगञ्ज उपमहानगरपालिका सिल



नेपालगञ्ज: जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ ।

आज (सोमबार) कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडा अध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्