आगलागीबाट घर र गोठ जले



विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–२ मा भएको आगलागीमा परेर एउटा घर र गोठ जलेर नष्ट भएको छ । 

मङ्गलवार बिहान ८ बजे जानुका दाहालको गाईगोठमा खोले पकाउने क्रममा सुरु भएको आगोले छिमेकी दामोदर बरालको फुसको छानो भएको घर समेत जलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । 

उनका अनुसार आगलागीमा ३० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्