बाबुको शवसहित छोरा पक्राउ



काठमाडौंः प्रहरीले पशुपती आर्यघाटबाट जलाउन लागिएको शवसहित एक युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका छम्पी-९ का २९ वर्षिय सन्तोष नेपालीलाई आफ्नै बावुको हत्या गरेको आरोपमा जलाउन लागेको उनको बावुको शवसहित प्रहरीले नियन्त्रण लिएको हो ।

बुवाको कुटपिटपछि हत्या गरी आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएका सन्तोषलाई प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका-छम्पी ९ का ५० वर्षीय रामकृष्ण नेपालीको हत्या भएको आशंकामा उनको शवसहित उनको छोरा सन्तोषलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर प्रमुख टेक प्रसाद राइले बताए ।

आरोपी सन्तोषका अनुसार गत श्रावण १५ गतेका दिन आफ्नी श्रीमती र बावुको अनैतिक सम्बन्धका सन्दर्भमा सोधपुछ गर्ने क्रममा बाबु छोराबीच कुट्पिट भएको र घाइते बाबुलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्