प्रिमनसुनका कारण मेघ गर्जनसहित हल्का वर्षा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार देशका अधिकांश स्थानमा बदली भई पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । 

प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् विभूति पोखरेलले बताइन् । 

उनका अनुसार केही समय हल्का वर्षा भएर मौसम खुल्नेछ । भारी वर्षाको सम्भावना नरहेको पनि उनले जानकारी दिइन् । 

बुधबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्