अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै ठगी गर्ने अमेरिकी नागरिक पक्राउ



काठमाडौं : अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

६५ वर्षिय ड्यानियल लि मिगलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेको उनीमाथि आरोप छ ।

अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले बताए । प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो । थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्