पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ



काठमाडौंः पोल्याण्ड पठाइ दिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । महानगरीय प्रहरी महाशाखाको टोलीले चितवन बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई आइतबार पक्राउ गरेको हो ।

उनले विभिन्न प्रलोभनमा पारी पोल्याण्ड पठाउने भन्दै १७ लाख ठगी गरी फरार भएकी थिइन् । मंसिर ३ गते उनीविरूद्ध उजुरी दिएपछि प्रहरीले उनको खोज तलासी गर्न थालेको थियो ।

महाशाखाले चितवन प्रहरीसँग समन्वय गरी पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्