निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टको बयान सकिएन, आज थुनामा 



कैलाली : निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि आज बिहान जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका पूर्व एसपी दिल्लीराज विष्टलाई अदालतको आदेश पछि थुनामा राखिएको छ ।

अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बयान नसकिएपछि न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको एकल इजलासले विष्टलाई थुनामा राख्न आदेश दिँदै बयानका लागि भोलि फेरी बोलाइएको जानकारी दिए ।

बिहान साढे ११ बजेदेखि विष्टको बयान सुरु भए पनि पौने ५ बजे सम्म  नसकिएपछि अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश पछि विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्