कैलालीका बाढी प्रभावितहरुको पूर्ण विवरण संकलन भएन



धनगढीः वर्षाका कारण कैलालीमा भएको क्षतिको विवरण संकलन भएको छैन ।

वर्षाका कारण जनजिवन प्रभावित भएको साता पुग्नै लाग्दासमेत क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको हो । कैलालीका ४ स्थानीय तहमा बाढीले धेरै क्षति गरेको छ ।

जिल्लामा विस्थापित परिवार संख्या, प्रभावित घर परिवार तथा घर फर्किएका परिवार संख्याबारे यकिन तथ्याङ्क कुनै निकायसँग नरहेको बताइएको छ । स्थानीय तहले नै बाढी प्रभावितहरुको विवरण संकलन गर्ने र राहतसमेत वितरण गर्ने जिल्ला प्रशासन कार्यालय कैलालीले बिश्वस्त पारेको छ तर स्थानीय तहलाई भने विवरण संकलन गर्न हम्मेहम्मे परेको छ ।

कैलालीको पूर्वी-दक्षिण क्षेत्रमा बाढीले हजारौँ घर परिवार विस्थापित भएको तर पूर्ण विवरण, पूर्ण क्षति, आंशिक क्षति तथा सामान्य क्षतिको विवरण संकलन भएको छैन । तथ्यांक संकलनको काम पूरा नभएकाले राहत वितरणमा पनि समस्या भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्