प्रदेश २ मा सोमबार १ सय ३ जना संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार ९



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा ३८ जना, धनुषामा ३० जना, महोत्तरीमा ३० जना, बारामा ३ जना, सिरहामा १ जना र सर्लाहीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ९ पुगेको छ । संक्रमितमध्ये ४ हजार ५ सय ५४ पुरुष र ४ सय ५५ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर-७ का १० देखि ६७ बर्ष उमेर समुहका ७ जना महिला र २४ देखि ७१ बर्ष उमेर समुहका २५ जना पुरुष, जिल्ला प्रहरी कार्यालय पर्साका ३२ बर्षिय एक पुरुष कर्मचारी, श्रीपुर प्रहरी चौकीका ४० बर्षिय एक पुरुष कर्मचारी, तीहुकीका ३३ बर्षिय एक पुरुष, सखुवा प्रसौनी गाउँपालिका–३ का ४२ बर्षिया एक महिला, ठेगाना खुल्न नसकेका १७ बर्षिय एक युवक र सेनबरीया पूर्वी सीका ४३ बर्षिय एक पुरुष रहेका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ देखि २४ सम्मका २४ देखि ४५ बर्ष उमेर समुहका ८ जना महिला र २६ देखि ६८ बर्ष उमेर समुहका ७ जना पुरुष, मुख्यमन्त्री कार्यालयकी ३२ बर्षिया एक महिला कर्मचारी र २२ देखि ५२ बर्ष उमेर समुहका ५ जना पुरुष कर्मचारी, ग्लोबल आईएमई बैंकमा कार्यरत उमेर खुल्न नसकेका ३ जना पुरुष कर्मचारी, विदेह नगरपालिका–८ का ६० बर्षिय एक पुरुष, महेन्द्रनगर–६ की २६ बर्षिया एक महिला, बेंगाडावर–२ की २३ बर्षिया एक महिला, सुन्दरपुर–१ की २४ बर्षिया एक महिला, सबैला नगरपालिका–३ का ३२ बर्षिय एक पुरुष र मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ की ७२ बर्षिया एक बृद्धा रहेका छन् ।
महोत्तरीको भङ्गहा नगरपालिका–५ सितापुरकी ७१ बर्षिया एक बृद्धा, पिपरा गाउँपालिका–४ की ३५ बर्षिया एक महिला, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ५५ बर्षिय एक पुरुष र जलेश्वर नगरपालिका वडा नम्बर–१ देखि १२ सम्मका २१ बर्षिया एक महिला र २४ देखि ५२ बर्ष उमेर समुहका २६ जना पुरुष संक्रमित भएका छन् ।

बाराको इतियाही–५ का ३२ बर्षिय एक पुरुष, महागढीमाई नगरपालिका–७ का ५२ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका ३६ बर्षिय एक पुरुष संक्रमित भएका छन् भने सिरहाको कर्जन्हा नगरपालिका–८ का ३४ बर्षिय एक पुरुष र सर्लाहीको गोडैता नगरपालिका–१२ का ५६ बर्षिय एक पुरुष समेत संक्रमणको चपेटामा परेका छन् ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा ८ हजार ६ सय ५४, सिरहामा ४ हजार २ सय २, धनुषामा ६ हजार ३ सय ९१, महोत्तरीमा ४ हजार ३५, सर्लाहीमा ६ हजार १ सय ६५, रौतहटमा १५ हजार ६ सय २५, बारामा ५ हजार १ सय ८१ र पर्सामा ११ हजार ४ सय ३९ जना गरि जम्मा ६१ हजार ६ सय ९२ जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार ९ जना संक्रमित भएका छन् भने ५३ हजार ८ सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ८ सय ९२, सिरहामा १ सय ७५, धनुषामा ५ सय, महोत्तरीमा ३ सय ८५, सर्लाहीमा ५८, रौतहटमा १ सय ६५, बारामा १ सय ६६ र पर्सामा ४ सय ५६ जना गरि कुल २ हजार ७ सय ९७ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय ३१, धनुषामा २ सय ९२, महोत्तरीमा ११, सर्लाहीमा १ सय ३३, रौतहटमा ८०, बारामा ५९ र पर्सामा ४ सय १९ जना गरि १ हजार २ सय २५ जनाको स्वाब संकलन गरिएको छ भने महोत्तरीमा १४ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६३, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार ७ सय ७३ बेड क्षमताको २ सय ५३ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ८८ जनालाई राखिएको छ भने २ हजार २ सय ७४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ४ सय ४९ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ८८, सिरहामा २५, धनुषामा ७५, महोत्तरीमा ३८, सर्लाहीमा ४८, रौतहटमा २, बारामा २० र पर्सामा २ सय ३० जना गरि ६ सय २६ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जना संक्रमित भएका छन् । महोत्तरीमा ८ सय २३, धनुषामा ७ सय २९, सर्लाहीमा ७ सय ११, पर्सामा ५ सय ८०, सप्तरीमा ५ सय १५, सिरहामा २ सय १४ र बारामा १ सय ७८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ४ र पर्साका ७ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ७९, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय ३४, रौतहटका ७ सय ५०, बाराका १ सय ६२ र पर्साका १ सय ९५ जना गरि ३ हजार १ सय ८४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १२, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्