भारतमा २४ घण्टामा ५० हजार बढीमा कोरोना संक्रमण



एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ ।

भारतमा पाँच दिनमा मात्रै १ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १२ लाख ३० हजार ४४० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८१० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार ९७१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्