उपनाम राखेर पनि नागरिकता लिन पाइने



काठमाडौं : कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरू कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर तेस्रो लिङ्गीले नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको हुनुपर्नेछ । 

उनले नागरिकतामा हुन सक्ने त्रुटिहरू जुनसुकै समयमा सच्याउन सक्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस्