विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय वृद्धको कोशी अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । वृद्ध कोरोना संक्रमण हुन् ।
उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासको समस्या भएपछि सोमबार बिहान ९ बजे अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर, रिपोर्ट नआउँदै उनको मृत्यु भएको छ ।
मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर, उनको ट्राभल हिस्ट्री नदेखिएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर दासले जानकारी दिए ।
यससँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो ।
नेपालमा भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।
प्रकाशित : साउन २०, २०७७