पर्सामा थप ३४ जनामा कोरोना पुष्टि



पर्सा : पर्साको वीरगञ्जमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकामा डाक्टर, सेना पत्रकार पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले जनाकारी दिए ।

संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेका छन् । संक्रमित चार जना महिलाहरुको उमेर १६,२६,२८ र ४९ रहेको छ । जसमा दुई बालक र चार महिला पनि रहेका छन् ।

सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको छ ।

त्यस्तै, वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी, नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।

चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएका छन् ।

त्यस्तै एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्