मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन



काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ । 

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार चाबहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा मङ्गलवार छड्के अनुगमन गरेको हो ।

अनुगमनमा डिल्लीबजारस्थित मालपोत कार्यालयका तीन कर्मचारी समय पालना नगरेका र १० जना कर्मचारी तोकिएको पोसाक नलगाएको भेटिएका छन् । 

यस्तै चाबहिलस्थित मालपोत कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने, एक कर्मचारी तोकिएको पोसाक नलगाउने भेटिएका छन् भने मैतीदेवीस्थित नापी कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने तथा तीन जना पोसाक नलगाउने भेटिएका छन् । 

प्रवक्ता लामिछानेले ती समय पालना र पोसाक नलगाउने कर्मचारीलाई विभागीय कारबाहीका लागि सम्बन्धित कार्यालयमा पत्र पठाइने बताए । 

 

प्रतिक्रिया दिनुहोस्