बोक्सी आरोप लगाउने चार जना पक्राउ



लमजुङ : जिल्ला प्रहरी कार्यलय लमजुङले बोक्सीको आरोप लगाएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

मर्स्याङ्दी गाउँपालिका ८ वस्ने २८ वर्षीया विष्णुमाया तामाङलाई बोक्सीको आरोप लगाएको अभियोगमा पिडित तामाङका ससुरा ६५ वर्षीय गोरेबहादुर तामाङ, सासु ६२ वर्षीया कौरी माया तामाङ, जेठानी आशकुमारी तामाङ र स्याङजा भिरकोट नगरपालिका ९ वस्ने धामी काम गर्ने रामप्रसाद गुरुङलाई प्रहरी पक्राउ गरेको हो ।

आरोपी तामाङको जाहेरीको आधारमा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा लिएका चारै जनालाई लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरिक्षक ओमप्रकाश पुनले वताए ।

प्रतिक्रिया दिनुहोस्