फेरि बन्द हुँदै होटल तथा रेष्टुरेन्ट



काठमाडौं : सरकारले होटल तथा रेष्टुरेन्टहरु पुनः बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले यस्तो निष्कर्ष निकालेको हो ।

सरकारले उपत्यकाका होटल तथा रेस्टुरेन्ट यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । यद्यपी उपत्यका भित्रका खाजा घर तथा रेष्टुरेन्टहरु अव्यवस्थित रुपमा सञ्चालन भएपछि कोरोना जोखिम झन बढ्ने भन्दै फेरी बन्द गराउने निष्कर्षमा सरकार पुगेको हो

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

ती होटलहरुले न्यूनतम सुरक्षा मापदण्ड पूरा नगरेको गुनासो आएपछि सरकार बन्द गराउने निष्कर्षमा पुगेको हो ।

चैत्र ११ गतेदेखि गरिएको लकडाउन साउन ७ गते अन्त्य भएको थियो ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्