कर्णालीमा भ्रष्टाचारविरुद्ध उजुरी बढ्दो


सुर्खेत । कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनि बढ्दो क्रममा रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (अदुअआ)सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्ष सङ्ख्यात्मक रूपले घटेको देखिए पनि उजुरी आउने दर भने उच्च रहेको जनाएको छ ।

कार्यालयका अनुसार आव २०७५÷७६ मा ७८३ उजुरी परेका थिए । गत आव २०७६÷७७ मा ६७९ उजुरी परे । गत आवमा सबैभन्दा बढी उजुरी सुर्खेतबाट २३८ उजुरी परेका छन् । दैलेखा १८६, जाजरकोट १४४, कालिकोट १०२, जुम्ला ८४, सल्यान ८०, रुकुमपश्चिम ७८, हुम्ला ६६, मुगु ५३ र डोल्पाबाट ४९ उजुुरी परेका छन् । गत आवमा सङ्घीय सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयसँग सम्बन्धित ३१६ उजुरी परेका छन् ।

त्यस्तै प्रदेश सरकार मातहतका मन्त्रालयसँग सम्बन्धित २१० तथा स्थानीय तहका ५५४ उजुरी परेका थिए । अदुअआको सक्रियतासँगै नागरिकमा सचेतना वृद्धि भएकाले पनि उजुरी आउने क्रम बढेको कार्यालयले भनाइ छ । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले विकास निर्माणमा नागरिकको चासो र सूचना प्रविधिको पहुँचका कारण पनि उजुरी आउने क्रम बढेको बताए ।

कार्यालयबाट खटिएको टोलीले गत वर्षमात्रै सेवाग्राहीसँग घुस लिँदै गर्दा १४ जनालाई रङ्गेहात पक्राउ गरेको थियो । यस सङ्ख्या र बरामद रकम अघिल्लो वर्षको तुलनामा बढी हो । आव २०७५÷७६ मा कर्णालीमा चार जना रङ्गेहात पक्राउ परेका थिए भने रु चार लाख ४७ हजार घुस रकम बरामद गरिएको थियो । गत आवमा घुस रकमसहित नियन्त्रणमा लिइएका १४ जनाबाट रु १३ लाख ४१ हजार १६ बरामद भएको थियो ।

कार्यालयबाट अनुसन्धान गरिएका २२ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । ती मुद्दामा ७० जनाविरुद्ध रु एक करोड ४९ लाख ३५ हजार ६४ बिगो दाबी गरी मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार