रङ्गेलीमा एकै परिवारका १४ जनामा कोरोना



विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२ जनालाई कोरोना पोजिटिभ देखिएको हो । सङ्क्रमित सबैजना रङ्गेली नगरपालिकाका बासिन्दा हुन् । कोरोना पोजेटिभ देखिएका २२ मध्ये १४ जना एकै परिवारका रहेका रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले बताए ।

त्यहाँ यति धेरैको सङख्यामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिलबन्दी गरेको छ भने त्यहाँ व्यापक परीक्षणको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्