हिमालय रोडिज सिजन ३ का विजेता बने सुजन सुवेदी



काठमाडौं : यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्सको विजेता बनेका छन् रोडी सुजन सुवेदी ।

सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् ।

ग्याङ ग्रिन अन्तर्गत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् ।

गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको हिमालय रोडिज कोरोना संक्रमणका कारण सुरु भएको डकडाउनले गर्दा १५ औं श्रृङखलापछि रोकिएको थियो । लकडाउन खुलेपछि प्रसारण सुचारु भएको रोडिजको आज १८ औं एपिसोडमा बिजेता छानिएको हो ।

विजेता सुजन सुबेदीले च्याम्पियनको यामाहा र एफ जेड एफआई भी३का साथमा आफ्नो रोडि यात्रालाई निरन्तरता दिने बताए ।

सिजन ३ को टाइटल स्पोन्सर यामाहा मोटरसाइकल रहेको थियो भने पावर्ड बाई स्पोन्सरमा प्रभु मोबाइल टीभी रहेको थियो । यस्तै नेपाल टुरिजम बोर्ड, ओयो होटल्स, स्टार हस्पिटल लगायतका ब्राण्डहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्