यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर



एजेन्सी : जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर रिलिज गरिएको छ । नेटफिल्क्सले निर्माण गरेको यो फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्ममा जाह्नवी कपूरले भारतीय एअरफोर्स कमाण्डरको भूमिका निभाएकी छिन् । उनीसँगै फिल्ममा पंकज त्रिपाठी र अंगद बेदीको पनि शीर्ष भूमिका देख्न सकिन्छ ।

गुञ्जन सक्सेनाको जीवनमा आधारित यो फिल्ममा उनको संघर्षको कथा प्रस्तुत गरिएको छ । गुञ्जन सक्सेनाका पिताको भूमिकामा पंकज त्रिपाठीले अभिनय गरेका छन् ।

ट्रेलरमा कारगिल युद्धको केही झलक पनि देख्न सकिन्छ । यो फिल्म भारतकाे पहिलो लडाकू पाइलटको गौरवको कहानी हो । सन् १९९९ मा भएको कारगिल लडाइँमा गुञ्जन सक्सेनाले आफ्ना कैयन् साथीको ज्यान बचाएकी थिइन् ।

उनको जीवनमा आधारित यो फिल्ममा यही अगस्त १२ मा नेटफिल्क्समा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्