नेपालगञ्ज उपमहानगरका प्रवक्तालाई कोरोना सङ्क्रमण


नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं १ का अध्यक्ष प्रमोद रिजाल र वडा नं २० का कम्प्युटर अपरेटर पदम कार्कीले सामाजिक सञ्जालमार्फत आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरेका छन् ।

“जनताको काम गर्दागर्दै मलाई कोरोना सङ्क्रमण भए पनि पीर छैन, म त स्वस्थ नै छु । पीर त मेरा जनताको स्वास्थ्यको छ, कसैलाई पनि केही नहोस्”, जनतालाई सान्त्वना दिँदै उनले भने, “यस्तो बेलामा नआत्तिऔँ बरु सबैले सावधानी अपनाऔँ ।”

कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर क्रियाशील हुँदै आएका वडाध्यक्ष रिजाललाई उपमहानगरपालिका र वडाको काम गर्ने क्रममै सोमबार कोरोनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनु परेकामा आफू कहीँ कतै दुःखी नभएको बताउँदै उनले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफू भाइरसको सङ्क्रमणमा परे पनि वडावासीले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यान नै जोखिममा राखेर यथाशक्य सुरक्षित हुने प्रयास गरेकै हो तर सङ्क्रमण भइहाल्यो”,उनी भन्छन्, “कोरोनासँग डराएर भागेर हुँदैन, पराजित गरी फर्किने छु ।”

नेपालगञ्ज उपमहानगरपालिका–२० का कम्प्युटर अपरेटर कार्कीलाई पनि जनताको काम गर्ने क्रममै सोमबार कोरोना सङ्क्रमण देखिएको छ । नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा रहेको आइसोलेसन केन्द्रमा उपचार गराइरहेका ३३ वर्षीय कार्कीले कोरोना सङ्क्रमणको जोखिम रहँदारहँदै पनि जिम्मेवारी वहन गर्ने क्रममा सङ्क्रमण भए पनि आफूलाई कुनै दुःख नलागेको बताए ।

उनी भन्छन्, “जनताको काम गर्ने क्रममा कोरोना लाग्यो, त्यसमा मलाई कत्ति चित्त दुखाइ छैन, निको भएर छिट्टै जनताको काममा फर्किने छु ।” समुदायमा कोरोना फैलिएकाले सबैजना सजक र सचेत हुन जरुरी रहेको कम्प्युटर अपरेटर कार्की बताउँछन् । आम जनताको सजगता र सचेतनाबाटै यस रोगबाट बच्न सकिने भएकाले हरेक नागरिक जिम्मेवार हुनु आवश्यक रहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका पूर्ण रुपमा बन्द (सिल) गरिएको छ । जनप्रतिनिधि र कर्मचारी गरी आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि सोमबारदेखि उपमहानगरपालिका कार्यालय ‘सिल’ गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

वडाध्यक्ष र सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । रोगको सङ्क्रमणको अवस्थामा समान्य भएपछि कार्यालय नियमित रुपमा सञ्चालन हुनेछ, उनले भने ।(रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा