मधेस झरेपछि सिके राउत किन मौन ?



काठमाडौंः सरकारसँग ११ बुँदे सहमति गरेको दोस्रो दिनै डा। सिके राउत मधेस झरे । तर, मधेस झरेको डेढ हप्तासम्म उनी सार्वजनिक रुपमा केही बोलेका छैनन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिन पनि अस्वीकार गरेका छनु् । किन मौन छन् राउत ? 

राजनीतिक विश्लेषक तथा लेखक सिके लाल राजनीतिक असमन्जस्यताका कारण राउत मौन रहेको विश्लेषण गर्छन् । ‘अहिले उनले जे बोले पनि त्यो उनकै विरुद्धमा प्रयोग हुन सक्छ,’ विश्लेषक लाल भन्छन्, ‘राज्यका विरुद्धमा बोलौँ भने समर्थक उनीविरुद्ध आउन सक्छन्, समर्थकको पक्षमा बोलौँ राज्य उनका विरुद्धमा आउन सक्छ । सिके राउत अहिले असमन्जसमा परेका छन् ।’

मधेस झर्ने दिन भने राउतलाई उनका कार्यकताले तामझामसहित स्वागत गरेका थिए । उनी आन्तरिक रुपमा विभिन्न राजनीतिक कार्यक्रममा सहभागी भइरहेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्