जलेश्वर नगरपालिकाका २२ जना कर्मचारी कोरोना संक्रमित



जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाका २२ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

नगरपालिकाका ५२ जना कर्मचारीहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि पठाउँदा सोमबार आएको रिपार्टमा २२ जना कर्मचारी संक्रमित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु राज कडरीयाले जानकारी दिए ।

सोमबार महोत्तरीमा ३० जनामा कोरोना भाइरस पुष्टि भएको थियो । जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीसँगै भङ्गहा नगरपालिका–५ सितापुरकी ७१ वर्षीया एक वृद्धा, पिपरा गाउँपालिका–४ की ३५ वर्षीया एक महिला, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ५५ वर्षीय एक पुरुष र नेपाली सेनाको रणभिम गण प्रकौलीमा १ जना नेपाली सेना समेत संक्रमित भएका हुन् ।

महोत्तरी जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्लाभरी बृहत्त पीसीआर परिक्षण गर्ने अभियान सुरु गर्नुका साथै नगरपालिकाको कार्यालय अनिश्चितकालसम्मका लागि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत कडरीयाले बताए ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को तथ्यांक अनुसार महोत्तरीमा ८ सय २३ जना कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु समेत भईसकेको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्