अख्तियारका १५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वाब संकलन गरी पीसीआर परीक्षण गरेका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमितमध्ये अधिकांश सुरक्षाकर्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्