नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो



काठमाडौंः नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार विराटनगर महानगरपालिका-५ आदर्श टोलका ती पुरुष ज्वरो तगथा स्वास प्रश्वासमा समस्या आएपछि उनी कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो ।

मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्