बाढीमा मान्छे बगिरहे, उद्धारकर्ता हेरिरहे



धनगढीः कैलालीको भजनी नगरपालिका-८, जनकपुरका ११ वर्षीय स्केल चौधरी सधैँ झैं साउन १४ गते पनि बाजेको पसलमा थिए ।

अघिल्लो रातिबाटै वर्षा निरन्तर भइरहेको थियो। वस्तीहरू डुबिरहेका थिए। घडीले बिहानको करिब ११ बजाउँदै थियो । बाजेलाई स्केलले आफ्नो घर जान्छु भने, वस्तीहरू डुबानमा परेकाले बाजेले ‘पानी परिहेको बेला यस्तो बेला नजा’ भने तर, स्केलले मानेनन् ।

उनलाई के थाहा, त्यो दिन नै उनका लागि अन्तिम हुन्छ भन्ने । सधैँ आउजाउ गर्ने उनलाई बाढीले बगाउला भन्ने लागेकै थिएन । तर, वस्ती पसेको पथरैया र काढा नदीको बाढीले उनलाई आफूसँगै बगाएर लग्यो । स्केल बगेको स्थानीयवासीले हेरिरहे। स्थानीय युवा ट्रयाक्टरको ट्युब लिएर बचाउन नखोजेका होइनन् ।

तर, सो क्षेत्रसम्म पुग्नै गाह्रो पर्याे। उनीहरूलाई लाग्छ, मोटरबोट भएको भए स्केलको ज्यान बचाउन सकिन्थ्यो । त्यही दिन सोनाफाटका ईश्वर शाह र चक्रबहादुर विकलाई पनि बाढीले बगायो। “मोटरबोट भएको भए उनीहरूलाई बचाउन सकिन्थ्यो,” नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले भने, “हामी त्यहीँ थियौं, उनीहरू बगेको देखे पनि बचाउन सकेनौं ।” जनकपुर र सोनाफाटा बाढीको जोखिमयुक्त क्षेत्र हो। हरेक वर्षझैं बाढी वस्ती पसेर बितण्डा मच्चाउने गरेको छ ।

बाढी आउनुपूर्व साउन ११ गते पूर्वतयारी भन्दै विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् नेपाली सेना र सशस्त्र प्रहरीलाई दुईरदुई थान मोटरबोट दिएको थियो । तर, मोटरबोट भने बाढी प्रभावित क्षेत्रमा पुगेन। डब्ल्यूएफपीका सुदूरपश्चिम प्रमुख रविन्द्र चन्द गत बिहीबार बाढीपीडित क्षेत्रको अवलोकन गर्न जाँदा मोटरबोट नदेखेपछि उनले यसबारे जानकारी मागेका थिए । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको एकरएक वटा मोटरबोट सो स्थानमा पुगेको थियो । चन्दलाई मोटरबोट बाढीपीडित क्षेत्रमा नै रहेको भनेर गलत सूचना दिइएको थियो ।

स्थानीयवासीले मोटरबोट भएको भए कसैको ज्यान नजाने भन्दै आक्रोश पनि पोखेका थिए। जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरालाई सो स्थानमा पानी कम भएकाले मोटरबोट चलाउन नसकिने भन्दै सुरक्षा निकायले जानकारी गराएका थिए । “मैले जानकारी माग्दा पानी कम भएकाले उक्त स्थानमा मोटरबोट चलाउन नसकिने जानकारी दिइएको थियो,” उनले भने । पश्चिम टुडे

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ