कतारमा कोरोनाबाट १८ जना नेपालीको मृत्यु



काठमाडौं: बैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको राष्ट्र कतारमा कोरोनाबाट १८ जना नेपालीको मृत्यु भएको कतारका लागि नेपाली राजदूताबासका द्वित्तिय सचिव भुवन प्रसाद भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार १० जनामा कोरोना प्रमुख कारण रहेको र ८ जनाको अन्य कारणले मृत्यु भए पनि परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण मृत्यु भएका नागरिकको शव नेपाल पठाउन नमिल्ने भएको हुँदा १६ जनाको कतारमै अन्त्येष्टी गरिसकिएको छ भने २ जनाको अन्त्येष्टीको पहल भईरहेको भट्टले बताएका छन् ।

कतारको शवगृहमा कोरोना बाहेक अन्य विविध कारणले मृत्यु भएका १२ जना नेपालीको शव नेपाल पठाउन बाँकी रहेको पनि उनले केन्द्रबिन्दुलाई जानकारी दिए ।
प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्