काभ्रे गोलीकाण्ड : समातिएका विप्लव कार्यकर्ताकाे परिचय खुलायाे प्रहरीले



काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालीकास्थित काफ्लेडाँडामा मंगलबार राती गोली हानाहान भएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने कमाण्डरमा झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङ छन्। प्रहरीका अनुसार उनीहरू कोही पनि घाइते छैनन्। काभ्रेबाट पक्राउ परेकाहरू मध्य कमाण्डका कमाण्डरहरू रहेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्