‘इनफ इज इनफ’ अभियानको माग पूरा गर्न जसपाको आग्रह



काठमाडौंः जनता समाजवादी पार्टीले ‘इनफ इज इनफ’ अभियानका मागहरु पूरा गर्न आग्रह गरेको छ ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै जसपाले अभियानको मागप्रति ऐक्यबद्धता प्रकट गर्दै माग पूरा गर्न आग्रह गरेको हो ।

‘इनफ इज इनफको जायज मागहरु अविलम्ब पूरा गरी देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन अल्पकालीन र दीर्घकालीन योजना बनाई उचित व्यवस्थापन एवं कदम उठाउन पनि जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ’, प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीले इनफ इज इनफ अभियन्ताहरुले कोभिड-१९ को सबल व्यवस्थापन सहितका १४ बुँदे मागहरु राखी अनसन जारी राखेकोलाई सरकारले अहिलेसम्म बेवास्ता गरी उनीहरुले उठाएका समस्याहरुलाई समाधान नगर्ने धृष्टता गरिरहेको बताएको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्