अमेरिकामा कोरोना संक्रमित संख्या ९८ लाख १८ हजार नाघ्यो



एजेन्सी : चीनको वुहानबाट सुरू भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।

अमेरिकामा कूल संक्रमित संख्या ४९ लाख १८ हजार ६४ पुगेको छ । १ लाख ६० हजार २७२ जनाले ज्यान गुमाएका छन् ।

२४ घण्टामा मात्रै १ हजार ३४४ जनाको मृत्यु भएको छ । २२ लाख ७६ हजार ७१० जनाको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये १८ हजार ४०७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित २४ लाख ८१ हजार ७३ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्