ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, एक सय ७० घाइते



ताइवानको उत्तर पूर्वी इलाकामा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १८ को मृत्यु भएको छ भने एक सय ७० घाइते भएका छन् ।

 

रेल अधिकारीका अनुसार ताइपेबाट टाइटंग गइरहेको रेल यिलान काउन्टी नजिकैको ट्र्याकबाट बाहिर निस्किएको थियो । आठ डब्बा भएको उक्त रेलमा तीन सय ६६ यात्री सवार थिए ।

 

ताइवाना नेता साइ इंग वेनले यसलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ बताएका छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीले जानकारी दिएका छन् ।

 

अधिकारीका अनुसार दुर्घटना ताइपेबाट करिब ७० किलोमिटर टाढा पुयूमा एक्सप्रेसमा भएको थियो । ताइवान रेल प्रशासनका उप–प्रमुख लू जी शेनले उक्त रेल ६ वर्ष पुरानो र दुर्घटनाअघि राम्रो कन्डिशनमा भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्