आजदेखि इटहरी उपमहानगरपालिका ‘लकडाउन’



सुनसरी : इटहरी उपमहानगरपालिकाले आज (बुधबार)देखि लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको संख्या बढेपछि आजदेखि लागू हुने गरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीव्रता दिइएको थियो ।

साउन १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्