व्यापारीसँग मासिक २ लाख घुस लिने अधिकृत रकमसहित पक्राउ



काठमाडौँ : राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना दुई लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

उनले गुड्खा र चिनी व्यवसायी अनिल कुमार झासँग मासिक लिँदै आएको दुई लाख लिने क्रममा पक्राउ गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

रानाले झासँग मासिक दुई लाख रुपैयाँ घुस लिँदै आएका थिए । सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

रानालाई बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्