सुनको मूल्य एक लाख नाघ्यो



काठमाडौं : बुधबार सुनको मूल्य तोलाको एक लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा १६ सयले बढेर बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकामा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।

सुनको मूल्य पछिल्लो महिनामै १० हजार रुपैयाँले बढेको छ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्