श्रीलंकाकाे पाेस्टमा नेपालकाे गाेल वर्षा, ४-० काे अग्रता



विराटनगर : पाँचौं साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकासँगकाे पहिलाे सेमिफाइनलमा ३-० काे अग्रता लिएकाे छ। नेपालले पुनम जर्गा मगरकाे गाेलेबाट ४२ मिनेटमा अग्रता लिएकाे थियाे। निरू थापाकाे पासमा सावित्रा भण्डारीकाे हेड बलालाइ मगरले फिनिसिङ टच दिएकी थिइन्।  त्यस्तै नेपालका लागि दाेस्राे हाफमा अनिता बस्नेतले ७३ मिनेटमा अर्काे गाेल थपेकी हुन्। त्यस्तै ८२ मिनेटमा उत्कृष्ट हेडमार्फत नेपालका लागि तेस्राे गाेल थपेकी हुन्। त्यस्तै नेपालका लागि रेखा पाैडेलले ८६ मिनेटमा चाैथाे गाेल गरेकी हुन्।

यसअघि खेलाइका प्लेइङ ११ सेट नै नेपालले खेलाएको छ। गोलकिपर एन्जिला तुम्बापो सुब्बा छिन् भने डिफेन्समा गीता राना, हिराकुमारी भुजेलसँगै मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन्। मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन्।

विङ्गमा अनिता बस्नेत र मन्जलीले आक्रमणलाई सहयोग दिनेछन्। कप्तान निरु थापा र सावित्रा भण्डारीले अग्रपक्तिको मोर्चा सम्हाल्नेछन्। अर्को सेमिफाइनल बंगलादेश र भारतबीच दिउँसो ३ बजे हुने छ। यसअघिका साफमा श्रीलंका दुई पटक सेमिफाइनलमा पुगेको थियो। नेपाल भने तीन पटक उपविजेता बनिसकेको छ।

दुवै टोली साफमा हालसम्म तीन पटक आमनेसामने भएका छन्। पहिलो साफमा भेट हुन नसकेको दुवै टोलीले श्रीलंकाकै मैदानमा दोश्रो साफमा प्रतिस्पर्धा गरेका थिए। सेमीफाइलनमा भिडन्त भएको खेलमा नेपाली टोली ३–० ले विजयी भएको थियो। जसमा कप्तान अनु लामा, दीपा अधिकारी र लक्ष्मी पौडेलले समान एक गोल गरेका थिए।

त्यसैगरी, पाकिस्तानमा सम्पन्न तेश्रो साफमा दुवै टोली एकै समूहमा परेका थिए। ३–० ले नै जित हात पारेको प्रतियोगितामा नेपालका लागि अनु लामाले दुई र अहिलेकी कप्तान नीरु थापाले एक गोल गरेकी थिइन्।

यस्तै, भारतमा सम्पन्न चौंथो साफमा पनि नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो। सो खेलमा श्रीलंकन खेलाडी रुसानी गणवद्र्धनेले आत्मघाती गोल गरेकी थिइन्। समग्रमा तीन पटकको स्पर्धामा कुनै पनि गोल नखाएको नेपालले श्रीलंकाविरुद्ध चौथो साफसम्म कुल ७ गोल गरेको छ। 

साफ च्याम्पियनसिपमा नेपालले हालसम्म २१ खेल खेलेको छ। जसमा १७ जित र ४ खेलमा हार ब्यहारेको छ। तीनपटक उपविजेतामा चित्त बुझाएको नेपालले गत संस्करणमा सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो। नेपाली टोलीले हालसम्म ९७ गोल गर्दा १४ गोल खाएको छ। श्रीलंकाले हालसम्म १६ खेल खेलेको छ। तीनपटक सेमिफाइनलको यात्रा तय गरेको श्रीलंकाले ६ मा जित, एकमा बराबरी र ९ खेलमा हार ब्यहोरेको छ। श्रीलंकाले हालसम्म कुल १८ गोल गरेको छ भने ३९ गोल खाएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनलमा प्रवेश गर्ने लक्ष्यसहित श्रीलंकासँग मैदानमा उत्रने बताए। बाँकी खेलमा उपाधि भिडन्तको लागि स्थान पक्का गर्ने सोचमा आफूहरू रहेको स्पट पारेका छन्। बुधबार हुने पहिलो सेमीफाइलनमा आफूहरूको टोलीमा कुनै परिवर्तन नहुने जनाउँदै प्रशिक्षक खड्काले श्रीलंकाविरुद्धको खेल प्रयोग भन्दा पनि जितका लागि हुने बताए। आफूहरूले भारतको प्रत्येक गतिविधी नजिकबाट नियाल्दै आएको बताउँदै उनले पहिलो प्राथमिकता सेमी भएकाले आफूहरु त्यसमै केन्द्रित हुने र आक्रामक शैलीमा मैदानमा उत्रने बताए।

कप्तान नीरु थापाले श्रीलंकाविरुद्ध टिमवर्कसहित मेहनत गर्नुपर्नेमा आफूहरू सचेत रहेको बताइन। विगतमा श्रीलंकालाई पराजित गर्दै आएको भए पनि हालको टोली बलियो रहेका कारण त्यही अनुसारको रणनीति तयार गरेर प्रतिस्पर्धामा उत्रने उनले बताइन्। 

यसैबीच भारत र बंगलादेशबीच दोस्रो सेमिफाइनल खेल पनि बुधबार नै हुने छ। दिउँसो ३ बजे हुने खेलमा साविक उपविजेता बंगलादेशलाई चारपटकको विजेता भारतको चुनौति रहनेछ। साफमा दुवै टोलीबीच पाँचपटक भिडन्त भएको छ। जसमा भारतले चारपटक जित हात पारेको छ भने, एकपटक खेल गोलरहित बराबरीमा टुँगिएको छ।

गत संस्करणमा दुवै टोलीबीच दुई पटक भेट भएको थियो। समूह चरणमा बराबरी खेलको बंगलादेश फाइनलमा भने ३–१ ले पराजित भएको थियो। साफको पाँचौं संस्करणसम्म आइपुग्दा भारतले कुनै पनि खेलमा हार ब्यहोर्नु परेको छैन। सुरुवातदेखि हालसम्म साफमा कूल २१ खेल खेलेको भारतले एक खेल बराबरीमा चित्त बुझाएको छ भने बाँकी सबै खेलमा शतप्रतिशत जित निकालेको छ ।

यस क्रममा भारतले १ सय ३१ गोल गरेको छ भने ५ गोल खाएको छ। त्यसैगरी बंगलादेशले हालसम्म १७ खेल खेलेको छ। जसमा ८ मा जित, १ मा बराबरी र ८ मा हार बेहोरेको छ। बंगलादेशले हालसम्म साफमा ३८ गोल गरेको बंगलादेशले २८ गोल खाएको छ। 

प्रतिक्रिया दिनुहोस्