श्रीलंकाविरुद्ध नेपालको सहज जित, फाइनल प्रवेश



विराटनगर : पाँचौ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले श्रीलंकाविरुद्ध ४–० को जित निकालेको छ।

विराटनगरको सहिद रंगशालामा दिउँसो भएको खेलमा नेपालले पुनम जर्गा मगरको गोलेबाट ४२ मिनेटमा अग्रता लिएको थियो। निरू थापाको पासमा सावित्रा भण्डारीको हेड बलालाइ मगरले फिनिसिङ टच दिएकी थिइन्।  त्यस्तै नेपालका लागि दोस्रो हाफमा अनिता बस्नेतले ७३ मिनेटमा अर्को गोल थपेकी हुन्।

त्यस्तै ८२ मिनेटमा उत्कृष्ट हेडमार्फत नेपालका लागि तेस्रो गोल थपेकी हुन्। त्यस्तै नेपालका लागि रेखा पौडेलले ८६ मिनेटमा चौथो गोल गरेकी हुन्। अब आज दिउँसो ३ बजे बंगलादेश र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल खेल्नेछ।

फाइनल चैत ८ गते हुने भएको छ। भारत अहिलेसम्म भएका सबै संस्करणको विजेता हो भने बंगलादेश गत वर्षको उपविजेता हो। 

प्रतिक्रिया दिनुहोस्