एउटा यस्ताे मन्दिर जस्ले गर्याे अहिले पनि बुद्धको दाँत भएकाे दाबी



एजेन्सी : भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छाै ‌। उनकाे मृत्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो । यो घटना भएको हजारौं वर्ष भइसक्यो ।

तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ । जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दाबी गरिन्छ । यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ ।

यस मन्दिरलाई ‘दाँत मन्दिर’ को नामबाट चिनिन्छ । क्यान्डी सहरमा कुनै बेला श्रीलंकाको राजधानी थियो । श्रीलंकाका राजा यहाँ रहन्थे ।

क्यान्डीको धार्मिक महत्व पनि धेरै छ, किनकी यहाँ अनेक महत्वपूर्ण बौद्ध मन्दिर छन् ।

भगवान बुद्धको देहान्तपछि एक अनूयायीले उनको चिताबाट एउटा दाँत निकालेर राजा ब्रह्मदत्तलाई दिएको मान्यता छ । कयौँ वर्षसम्म भगवान बुद्धको उक्त दाँत राजा ब्रह्मदत्तसँग रह्यो । यो पनि भन्ने गरिन्छ कि बुद्धको उक्त दाँतका लागि कयौँ लडाइँ पनि भयो ।

र, वुद्धका एउटा अनुयायीले उक्त दाँत चोरेर श्रीलंका पु-याएको बताइन्छ । प्राचीन समयमा क्यान्डीका एक राजाले आफ्नो महलसँगै भगवान बुद्धको दाँतका लागि एक विशाल मुर्ति बनाउन लगाए र त्यसपछि त्यो दाँत मन्दिरमा राखेको मान्यता छ ।

हरेर बुधबार भगवान बुद्धको दाँतलाई सुगन्धित फूल र पानीले प्रतीकात्मक रुपमा स्नान गराइन्छ । त्यसपछि जललाई श्रद्धालुलाई प्रसादको रूपमा वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्