बाघको बथानले एउटा चरा लखेटेको अद्भुत दृश्य (तस्वीरहरू)



एजेन्सी : साइबेरियाली बाघहरूको बथानले शिकारका लागि एउटा चरालाई लखेटेको अद्भुत तस्वीरहरू प्रकाशन भएका छन् । यी अविश्वसनीय तस्वीरहरूमा खतरनाक बाघहरूले हावामा उफ्रेर चरामा पञ्जा गाडेको देखिन्छ ।

This image has an empty alt attribute; its file name is Tigers2_MMoHnDakdW.jpg

ती साइबेरियाली बाघहरू चीनको हार्बिनमा रहेको हेङदाओहेजी फिलाइन ब्रीडिङ सेन्टरमा बस्छन् । त्यो संसारको सबभन्दा ठूलो साइबेरियाली बाघ प्रजनन केन्द्र हो । त्यहाँ एक हजारभन्दा बढी बाघ छन् ।

This image has an empty alt attribute; its file name is Tigers5_GiCrJGbIer.jpg

साइबेरियाली बाघहरू रुसको सुदूरपूर्वी भाग र उत्तरपूर्वी चीनमा बस्छन् । उनीहरू संकटापन्न प्रजाति हुन् ।

प्रतिक्रिया दिनुहोस्