काठमाडौं उपत्यकामा ७ सय ९ चालकलाई कारबाही



काठमाडौं : स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीको दिन बेलुका ५ बजेसम्ममा काठमाडौं उपत्यकामा ७ सय ९ जना चालकलाई कारबाही गरेको छ ।

५ सय भन्दा बढी सवारीलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । महाशाखाले मापसे गरेका ६७, सरकारी सवारी २२ र अरू कागजपत्र नबोक्ने, हेलमेट नलगाउने, नियम मिच्ने लगायतलाई कारबाही गरेको हो । 

होलीलाई लक्षित गरी अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ ।

पहिलेका वर्षमा भन्दा यस वर्ष ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या कम रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्