महिला साफ च्याम्पियनसिप : नेपालको फाइनल प्रतिद्वन्द्वी भारत



काठमाडौं : विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको छ। सहिद रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेपछि नेपालले फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो।

बंगलादेशविरुद्ध भारतकी इन्दुमती काथिरिसानले २ तथा डालिमा छिब्बर र मनिषाले एक–एक गोल गरे। बुधबारै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई समान ४–० ले नै पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। भारतले चौथो पटक फाइनलमा नेपालसँग खेल्ने भएको हो। फाइनल खेल शुक्रबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्